मुख्य खबरसमाचारफिचर

नागरिकता दिलाउन सांसद र गाउँपालिका अध्यक्ष नै पुगे प्रशासन

संवाददाता

हेटौंडा \ मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्तीको लागि सहजीकरण गर्न गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र त्यस क्षेत्रका प्रदेशसभा सांसदसमेत स्वयम् जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जनप्रतिनिधिको सहजीकरणमा राक्सिराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले आइतबार एकसाथ नागरिकता प्राप्त गरेका हुन् ।

खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन सबैलाई नागरिकता दिलाएका हुन् । धिराङ स्थायी निवासी बागमती प्रदेशसभा सांसद सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडाध्यक्ष कुलबहादुर प्रजा, १ नम्बर वडाध्यक्ष कान्छाराम रुम्बा आफैं जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए ।

No description available.

विकट गाउँबाट सदरमुकामसम्म आएर नागरपकता बनाउन गाउँबासीले एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै आफूहरुले नै सहजीकरण गरेर गाउँबासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । नागरिकता बनाउन बाँकी रहेकाहरुको तथ्याङ्क संकलन गरी आवश्यक कागजातसमेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँबासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए ।

No description available.

प्रशासन परिसरमा बसेर वडाध्यक्ष प्रजाले नागरिकताको सिफारिस दिएका थिए । गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए । नागरिकता लिने र सनाखत गर्न आउने करिब एकसय २० जनाभन्दा बढी स्थानीयलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गरेका थिए ।

विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बाँस नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनविज्ञतालगायतको कारण असहज भएका कारण आफूहरुले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए । नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उनले बताए ।