
सिधाखबर \ प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको शारदा माध्यामिक विद्यालयमा २७३ जना अभिभावकले आफ्नो स्वास्थ्य परिक्षण गराएका छ । बुधबार विद्यालय परिसर विध्यालयको आयोजनामा विद्यालयका अध्ययनरत विद्यार्थीका अभिभावकलाई स्वास्थ्य सेवा दिने कार्य योजना अनुरुप शिविर सञ्चालन गरिएको विद्यालयकी नर्स समिक्षा लामिछानेले बताइन् ।
शिविरमा १५३ जना महिला र १२० जना पुरुषले सेवा लिएका थिए । शिविरमा प्रत्येकको सुगर र प्रेशर परिक्षण गरिएको थियो भने दाँत परिक्षणमा २० जनाले, हाडजोर्नी सम्बन्धी ३५ जना, ८ जनाले स्त्री रोग सम्बन्धी सेवा र बाँकी अभिभावकले थाइराइड, मृर्गौला, मुटु, पेट र छाती सम्बन्धी रोगको सेवा लिएको लामिछानेले बताइन् ।
शिविर सञ्चालन गर्न गाउँपालिकाका डा. मुकेश कुमार श्रेष्ठ, अर्थोपिठ सर्जन डा. सुन्दर कुमार श्रेष्ठ, दन्त विशेषज्ञ डा. स्वेच्छा शाह, मेडिसियन विशेषज्ञ डा. डोजेन्द्र बस्नेत, गाउँपालिका स्वास्थ्य संयोजक ध्रुव लामिछाने, स्वास्थ्य चौकी आमभञ्ज्याङका प्रमुख सन्देश घिमिरे लगायत नर्सहरुले सेवा प्रदान गरेका थिए । विद्यालयका प्रधानाध्यापक तीर्थ खड्काको सभाध्यक्षतामा भएको शिविर कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष तथा विद्यालयका अध्यक्ष जीत बहादुर घिमिरेको प्रमुख अतिथ्यता रहेको थियो ।
शिविर सञ्चालन गर्न सेवक फर्मा हेटौंडा, क्वीस्ट फर्मासियुटिकल, मकवानपुर सहकारी अस्पताल, विजयदीप ल्याबोरेटरी प्रालि चितवन,शिवम् सिमेन्ट सहयोगी संस्थाको रुपमा रहेको थियो ।
शिविर पश्चात यस अघि थाहा नजचाइएको र थाहा नभएका अभिभावकलाई सुगर देखिएको र सोही अनुरुप निशुल्क औषधि प्रदान गरिएको विद्यालय नर्स लामिछानेले बताइन् । उनले एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत विद्यार्थीलाई दिने सेवा त छदैं छ अभिभावकलाई पनि शिविर सञ्चालन गरि स्वास्थ्य सेवा निशुल्क प्रदान गरिएको बताइन् ।








