मुख्य खबरसमाचारफिचर

प्रधानमन्त्री ओली र नेता माधव नेपाल आज मोरङ जादैं

संवाददाता

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि मोरङ जाँदै छन् । मंगलबार दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

मोरङको उर्लाबारीमा प्रधानमन्त्री ओलीले एकिकृत सन्थाल बस्तीको उद्घाटन गरी उनीसोझै झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे यति एयरलाइन्समार्फत विराटनगर जाने भएका हुन् ।

त्यस्तै, नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल पनि मोरङ जाने भएका छन् । उनी मंगलबार विहान ९ बजेको उडानबाट मोरङ जान लागेका हुन् ।

बुद्ध एयरको उडानबाट नेपाल मोरङ पुग्ने भएका छन् । भरतमोहन अधिकारीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल मोरङ जान लागेका हुन् । मोरङमा ओली र नेपाल दुबैको कार्यक्रम भने फरक–फरक छ ।