मुख्य खबरसमाचारफिचर

सामाजिक जवाफदेहिताका औजारको कम प्रयोग

संवाददाता

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आइपि ईआरआर कार्यक्रमले बागमती प्रदेशका काठमाडौ जिल्ला बाहेकका ११ जिल्लामा सामान्य रुपमा सरकारी कार्यालयहरुमा गरिएको सामाजिक जवाफदेहिताका औजारहरु प्रयोग सतप्रतिशत कुनै पनि सरकारी कार्यालयले नगरेको भेटिएको छ । तथ्याङ्क सहित ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल मकवानपुर कार्यालयले सामाजिक जवाफदेहिताका १८ वटा सुचक ९औजार०मा विवरण संकलन गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बाहेक झण्डै जिल्ला तहका ३० वटा सरकारी कार्यालयले उक्त औजारको प्रयोग सतप्रतिशत नगरिएको तथ्याङ्कले देखाउछ ।

राज्यका तर्फबाट नागरिकलाई सेवाप्रवाह गर्न विभिन्न प्रकृतिका सार्वजनिक निकायहरुको व्यवस्था गरिएको हुन्छ । राज्यबाट सहज सेवा पाउनु नागरिकको अधिकार नै हो । राज्यबाट दिइने सेवा सुविधा सहजै उपलब्व्ध हुनु पर्दछ । सेवा प्रदानका लागि निर्माण भएका विधि र परिधिमा रहेर सेवा लिने र दिने काम नै राज्यको हो । नागरिकलाई सहज र सुलभ तरिकाबाट सेवा प्रदान गर्नु नै राज्यको नागरिकप्रति जवाफदेहिता हो । राज्यका निकायहरुले पूर्णरुपमा पालना गर्न आवश्यक छ । नियम पालना गरिएन वा सो अनुसार सेवाप्रवाह भएन भने जवाफदेहिता हुन सक्दैन ।

मकवानपुरका १२ वटा कार्यालयमा गरिएको फलोअपमा समग्र ७१ प्रतिशत सामाजिक जवाफदेहिता औजार प्रयोग गरिएको छ । उनले प्रयोग गरिएको औजारका सुचकहरुमा कार्यालयका नागरिक वडापत्र, सुचना पाटी, सुचना अधिकारी, गुनासो पेटिका, निर्माण स्थलमा जानकारी सहितको होडिङबोर्ड, आई ई सी सामाग्री, नियमित सार्वजानिक सुनुवाई, सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया, सञ्चार माध्यममार्फत प्रचारप्रसार, त्रैमासिक प्रतिवेदन सार्वजानिक जस्ता सुचकको प्रयोग भएको पाईयो । धेरै जसो कार्यालयमा सामाजिक सञ्जाल प्रयोग र इमेलइन्टरनेटको प्रयोगले गुनासो पेटिकामा गुनासो नआउने पाइएको छ ।

सामाजिक जवाफदेहिता औजारमा मकवानपुरको विकट गाउँपालिका राक्सिराङ गाउँपालिकामा सेवाग्राहीलाई सहज पुग्नको लागि चेपाङ र तामाङ भाषाको अडियो नागरिक वडा पत्र राखिएको छ ।पढाइ लेखाईमा कमजोर र धेरैजसो अनपढ सेवाग्राही रहेकोले सबैलाई सहज हुने भएकोले चेपाङरतामाङ भाषामा गाउँपालिकाको सेवाबारेको वडापत्र राखिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । यता मकवानपुरगढी गाउँपालिकामा पनि सुचना अधिकारी कार्यालयमा भए पनि प्रत्येक वडामा नागरिक वडापत्र र गाउँपालिकाको हरेक विकास निर्माणकार्यमा राखिने सुचनापाटी निर्माण स्थलमा राख्ने गरेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भूकम्पपछिको पुनर्निर्माणलगायत अन्य काममा जवाफदेहिताको विषयलाई प्राथमिकतामा राखेको छ । मकवानपुरका सार्वजनिक निकायमा पनि यो संस्थाले अनुगमन गरेको छ ।अनुगमनमाको क्रममा मकवानपुरका सार्वजनिक कार्यालयहरुले सामाजिक जवाफदेहिताका औजारको प्रयोग ७१ प्रतिशतमात्र गरेको पाइएको छ ।

सार्वजनिक निकायका गतिविधिलाई पारदर्र्शी ढङ्गले अगाडि बढाउन नागरिक वडापत्र, सूचनापाटी तथा सूचना अधिकारी, गुनासो पेटिकालगायतका औजारहरु प्रयोगका बारेमा ट्रान्सपरेन्सीले जोड दिएको छ । यस विषयमा पटक–पटक अभिमुखीकरण समेत गर्दै आएको छ । तर पनि कार्यान्वयन फितलो भएको देखिन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सदाचार प्रवद्र्धन कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लामा सार्वजनिक कार्यालयहरुको निरीक्षण गर्दा जवाफदेहिताका लागि बनाइएका नियम र विधिको आंशिकरुपमा मात्र पालना गरेको पाइएको हो । अनुगमन गरिएका सबै कार्यालयमा नागरिक वडापत्र र सूचनापाटी रहेको र सूचना अधिकारी तोकिएको पाइएको छ । तर, केहि कार्यालयमा सुचना अधिकारी र गुनासो पेटिका नै नहुनुले जवाफदेहिताका क्षेत्रमा सम्बन्धित निकायहरु अझै गम्भीर र जिम्मेवार छैन्न भन्ने देखिन्छ ।

गत पुसको तेस्रो साता तिर ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवानपुरले पत्रकार संग छलफल गर्दै मकवानपुरमा जहाँ प्रदेशको राजधानी भएको जिल्लामा नै सामाजिक जवाफदेहिताको औजारमा गुनासो पेटिका, सुचना अधिकारी तथा होर्डिङ बोर्डनै भएको बताइए पछि सञ्चार माध्यममा समाचार प्रकाशन भयो ।

समाचारको प्रभावले अहिले पछिल्लो समयमा मकवानपुरका विभिन्न कार्यालयमा होर्डिङबोर्ड र गुनासो पेटिका राखिएको अवस्था छ । जिल्ला समन्वय समिति मकवानपुरमा त सुचना अधिकारी नै खडा गरी सामाजिक जवाफदेहिता औजार प्रयोग गरिएको छ साथै गुनासो पेटिका पनि राखेको छ । गुनासो सुन्ने तथा सुचना अधिकारी भनी भीमलाल महर्जनलाई तोकिएको जिससले जनाएको छ ।