मुख्य खबरसमाचारफिचर

राजनितिक स्थिर नभए विकास हुदैन् :मन्त्री भट्ट

संवाददाता

श्रीराम अर्जुन \ नेपाल सरकारबाट घोषित औद्योगिक क्षेत्रहरुको शिलान्यास गर्ने क्रममा बागमती प्रदेश राजधानी हेटौंडामा अवस्थित मयुरधाप औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भुमिपुजन गरि तयार पारिएको शिलान्यासलाई सार्वजानिक गर्दै औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् ।

मन्त्री भट्टले राजनितिक स्थिर नभए सम्म औद्योगिक क्षेत्र सहित अन्य क्षेत्रको विकास नहुने बताए । विकास र निर्माणको लागि राजनितिक स्थिरता हुनुपर्नेमा घरभित्रै प्रतिपक्षको भूमिका खेल्ने व्यक्तीहरुको हाबी भएपछि केहि समस्या र अप्ठ्यारा उत्पन्न भएको बताए ।

No description available.

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरको रुपमा विकास गरिने बताए । उद्योगको नाममा जग्गा ओगट्ने होइन कि उद्योग सञ्चालन गरि नेपालको अर्थतन्त्र परिवर्तनमा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले आयतमुखी भन्दा निर्यातमुखी जब सम्म हुदैंन तब सम्म आर्थिक परिवर्तन नहुने बताए । कार्यक्रममा मयुरधाप औद्योगिक क्षेत्र लि.का अध्यक्ष नन्दकिशोर बस्नेतले ६ महिना भित्र विजुली सहितका अनय संरचना निर्माण गरिने बताए । कार्यक्रममा सविधान सभाका सदस्य अनन्त पौडेल, जिसस प्रमुख रघुनाथ खुलाल, उद्योग संघ मकवानपुरका अध्यक्ष दलेखराज पोखरेल वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्का लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

यस औद्योगिक क्षेत्र १३४.८६ हेक्टर (१९९ विगाह १७ कठ्ठा) क्षेत्रफलमा फैलिएको आयोजनामा ६२ वटा प्टलहरु रहेका छन् । प्रतिप्लट ७ देखि १४ रोपनी क्षेत्रफलमा रहेको छ । उक्त क्षेत्रमा हेलिप्याड देखि शसस्त्र गण,पेट्रोल पप्प, विजुली स्टेशन, हेभि गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर,ल्याव लगायत विभिन्न संरचनाहरु निर्माण गरिने जनाइएको छ ।