मुख्य खबरसमाचारफिचर

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने: प्रधानमन्त्रीका प्रेस सल्लाहकार

संवाददाता

काठमाडौँ — प्रधानमन्त्री खड्ग प्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताउनु भएको छ।

आज मंगलबार साँझ सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा नदिने बताउनु भएको हो। 'प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,' थापाले आफ्नो सामाजिक संजालमा लेख्नु भएको छ।

प्रतिनिधि सभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फेसलालाई विवादास्पद भन्दै थापाले यस का दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने ठोकुवा गर्नु भएक़ो छ। 'सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।'

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गरिएको थियो।