
मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ रानीसेरा स्थित रानीवास एग्रोटुरिजम पार्कमा साँस्कृतिक कार्यक्रम शनिबार भएको छ । मञ्जुश्री २८५७ औं लाङ( म्हे) ल्हो सोनाम ल्होछारको अवसर पारी ल्होछारको मुलसमारोह समितिले बृहत साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदानप्रदानका साथ मनाइएको छ ।
नेपाली कांग्रेस जिल्ला सदस्य तथा मकवानपुरगढीका वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बाको प्रमुख अतिथ्यता तथा आयोजक मुल समारोहका संयोजक रमेश कुमार थिङको सभाध्यक्षता रहेको थियो ।

तामाङ समुदायको धर्म, कला संस्कृति झल्किने भेषभुषा पहिरनका साथ उपस्थित भएकालाई राष्ट्रिय हाँस्यकलाकार नविना सिलवाल(खुइली)गायक प्रकाश तामाङ तितुङ,रोशन लामा, टेकराज लाङघाली लगायत स्थानीय कलाकर्मीहरुले आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नम्बर १का अध्यक्ष आइतसिं लो, वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन, नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिला घलान, जिल्ला कार्यबहाक अध्यक्ष कालु घलान, सञ्चारकर्मीद्धय श्रीराम अर्जुन र प्रविन अधिकारी, वडा १ का वडा सदस्यहरु, टोल विकास, विद्यालय तथा गुम्बाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।








