मुख्य खबरसमाचारफिचर

युवाहरुद्धारा हेटौंडामा प्रदर्शन

संवाददाता

देशमा भएका विभिन्न कालखण्डका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार प्रर्दशन भएको छ ।

युवायुवतीहरुको सहभागितामा हेटौंडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदवाव नामक अभियानले विरोध प्रर्दशन गरेको हो । हेटौंडाको हुप्रचौरबाट सुरु भएको र्याली हेटौंडाको मध्ये बजार परिक्रममा गरी बुद्धचोकमा आएर प्रदर्शन गरेका थिए । विभिन्न सचेतनामुलक र मागसहित उनीहरुको निर्मला पन्त, भागरथी भट्ट र सम्झना विकको तस्विरको प्लेकार्ड बोकेर मार्चपास गरेका थिए ।

No description available.

उनीहरुले महिला हिंसा र बलात्कारको विषयमा सचेतनामुलक नाटक समेत प्रर्दशन गरेका थिए । राज्यलाई दवाव दिन र सर्वसाधारणमा महिला हिंसाका घटनाविरुद्ध जागरुक हुन सन्देश दिने उद्धेश्यले प्रर्दशन गरिएको अभियन्ता विकेशलाल श्रेष्ठले बताए । प्रदर्शनमा करिब दुई सय युवा युवतीको सहभागिता रहेको थियो ।