मुख्य खबरसमाचारफिचर

हेटौंडामा मनाइयो प्रजातन्त्र दिवस

संवाददाता

बागमती प्रदेशको राजधानी हेटौंडामा आज विभिन्न धार्मिक बाजासहितको र्याली निकाली प्रजातन्त्र दिवस मनाइको छ ।

हेटौंडा बजारको विभिन्न स्थानमा ¥याली गरी मनाईएको कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सभामुख सानुकमार श्रेष्ठ, मन्त्रीहरु, प्रदेश सभा सदस्य, जिसस प्रमुख तथा स्थानिय तहका प्रमुख विद्यार्थीहरु, सरकारी कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रजातन्त्र दिवश मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश स्तरीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरेको थियो । दिवशका अवसरमा हेटौंडामा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, परिसम्वाद कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फलफुल वितरण कार्यक्रम, खुल्ला दौड प्रतियोगिता, म्यूजिकल थेरापी कार्यक्रमलगायत सार्वजनिक स्थानमा झण्डा फहराउने तथा तीनै दिन दिपावली गरेर मनाइएको छ ।