मुख्य खबरसमाचारफिचर

उपाध्यक्ष बिष्टको राजीनामा उच्च अदालतद्वारा खारेज

संवाददाता

हेटौंडा \  मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको राजीनामा उच्च अदालत पाटन हेटौंडाले खारेज गरिदिएको छ।  उनले पदबाट राजीनामा दिएको भन्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले  पुस १७ गते  पदमुक्त गरिए असन्तुष्टि जनाउदै पत्रकार सम्मेलन गरि उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन।

उच्च अदालत पाटनको हेटौडा इजलासमा  न्यायधिष मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलिसले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरिदिएका छन। राजीनामा खारेज गरिएपछि बिष्टलाई पदमा रहेर काम गर्ने बाटो खुलेको छ।