
२६ औं महान जनयुद्ध दिवस आज मनाइएको छ । सोही दिवस मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको शहिद रुद्र बाटिका स्मृति पार्कमा शहिद रुद्र पाख्रीनको शालिकमा माल्यापर्ण तथा सम्मान कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा प्रचण्ड–माधव समुहकी नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले हिजो सामाजिक सञ्जालमा लेख्नेहरु हराएको र केहि केहिले अझै बेलुकाको सुरमा लेखिरहेका बताएकी छिन । जनताले मत दिएको व्यक्ति नै नेपाली जनताले निरंकुश व्यहोर्न परेको कुरा बताउदै आफुहरुको जित सुनिश्चित भएको र केपि शर्मा ओलीको मतियारहरु सबै गलिसकेको बताइन् । दिवस कार्यक्रम नेकपा प्रचण्ड माधव समूह मकवानपुरले आयोजना गरेको थियो ।
नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले तेस्रो जन आन्दोलन आवश्यक परेको र आन्दोलन दवाब सृजना गरेर विघटित भएको संसदलाई पुर्नःस्थापित गरेर आफुहरु अघि बढ्ने बताए ।नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विघठित प्रतिनिधि सभाका सांसद तथा नेकपाका केन्द्रिय नेता बिरोध खतिवडा, नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेतृ मान कुमारी पाख्रीन, बालकृष्ण चौलागाई, नेता बद्री लम्साल लगायत नेकपाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।








