मुख्य खबरसमाचारफिचर

प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव

संवाददाता

बागमती प्रदेश सरकारले तेस्रो वर्ष पुरा गरेको छ । तेस्रो वार्षिकोत्सव उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा सुधार जस्ता क्षेत्रमा प्रदेश सरकार लागि परेको बताए । उनले बागमती प्रदेश सरकार तीन वर्षको अवधिमा सामाजिक न्यायसहितको उच्च तथा दिगो आर्थिक वृद्धि दर हासिल गर्न क्रियाशिल रहेको बताए ।

कार्यक्रममा बोल्दै प्र्रदेश सभाका सभामुद सानु कुमार श्रेष्ठले प्रदेश सरकारका लागि आवश्यक कानुन, ऐन र नियामावली पास भइसकेको र अब त्यसको कार्यान्वय तर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले बितेका ३ वर्ष प्रतिकलताका बीच पनि अनुकुलता खोज्दै ऐन, कानुन र कार्य विधि बनाइ कार्यान्वयन गरिएको बताए । आवश्यक कानुन ऐन बनिसकेको अवस्थामा अब प्रदेश सरकार ५ वर्षको आवधिक योजना अनुरुप अघि बढि सुशासनका लागि काम गरिने बताए ।

No description available.

तेस्रो वार्षिकोत्सवमा प्रदेश सरकारले तीन वर्षभरी गरेका कामको विवरण समेटिएको पुस्तक र प्रदेश नीति तथा योजना आयोगले प्रकाशन गरेको बुलेटिन विमोचन गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयले प्रदेश सरकारका कार्यालयमा कार्यरत उत्कृष्ठ १५ जना कर्मचारी, विभिन्न संघसंस्था र व्यक्ती गरी ५ जना र अबकास प्राप्त कर्मचारी ५८ जना सहित अन्यलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।