मुख्य खबरसमाचारफिचर

बकैया गाउँपालिका आज बालमैत्री घोषणा हुदैं

संवाददाता

जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाको बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरे संगै आज बृहत कार्यक्रमको आयोजना गरी घोषणा हुदैं छ ।

बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाभित्रका १२ वटा वडाहरू बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यान्वयन घोषणाको लागि तीन वर्ष अघिदेखि काम गर्दै आएको थियो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ ओटा सूचकहरूमा रहेर काम गरीएको बताए । मापदण्डमा १७ ओटा सूचक १०० प्रतिशत हासिल गर्नुपर्छ जसमा हामीले १९ वटा शतप्रतिशत हासिल गरिएको, त्यसैगरी, २२ वटा सूचक न्यूनतम ८० प्रतिशत हासिल हुनुपर्ने हुन्छ जसमा २० सूचकमा सफल हासिल गरिएको अध्यक्ष खनालले बताए ।

बकैया गाउँपालिका देशको दोस्रो बालमैत्री स्थानीय शासन गाउँपालिका को रुपमा परेको छ । यस अघि मकवानपुरकै मनहरी गाउँपालिका घोषणा भएको थियो ।