
काठमाडौं \ नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताए ।
अध्यक्ष नेपालले देशैभर भएका ओली विरुद्धका आन्दोलनले ओली कमजोर भइसकेको पनि बताए । उनले मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको टिप्पणी गरे । ‘केपी ओलीजी तपाइँ मदन भण्डारीको नाम जप्नुहुन्छ, त्यो नाम विर्सनु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ । पशुपतिनाथले राम्रो गर्नेलाई मात्र रक्षा गर्छन् । पाप गर्नेलाई पशुपतिले रक्षा गर्दैनन्, चेतना भया’ अध्यक्ष नेपालले चेतावनी दिए ।








