मुख्य खबरफिचर

ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागोस् : बाबुराम

संवाददाता
काठमाडौँ  \  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा उनले ट्‍वीट गरेका छन् 'ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष हो है !'

उनले हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन आग्रह गरेका छन् । 'अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती दोहोरियोस्' उनले लेखेका छन् 'संयुक्त संघर्षबाट कोही नभागोस् !'

 

मंगलबार कांग्रेसका केही नेताहरूले अहिले नै कांग्रेस संयुक्त आन्दोलनमा नजाने बताएका थिए । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेका बेला त्यसविरुद्ध तत्काल संयुक्त आन्दोलन गर्न नसकिने कांग्रेस नेताहरूको भनाई थियो ।