मुख्य खबरसमाचारफिचर

प्रतिनिधिसभा विघटनविरुद्ध २०औँ अनशन बस्दै डा. केसी

संवाददाता

काठमाडौं \  चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले आउँदो फागुन १२ गतेदेखि अर्को अनशन सुरु गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा डा. केसीले अनशन बस्ने घोषणा गरेका हुन् ।

उनले संविधानको रक्षासँगै विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायमा नियुक्तिका सिफारिस तत्काल रद्द गरिनुपर्ने माग राखेका छन् । यी माग पूरा नभए अनशन बस्ने मंगलबार उनले विज्ञप्ति जारी गरी जनाएका हुन् ।

‘‘यो अवस्थामा आगामी कैयौँ पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चिइयोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौँ । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा ०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौँ ।’’

उनले २०औं अनशनको घोषणा गरेका हुन् । यसअघि, विभिन्न माग राखी डा. केसी १९ पटक अनशन बसिसकेका छन् ।