
बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज सोमबार २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो ।
आइतबार बागमती प्रदेश सभाको तेस्रो वार्षिकोत्सव मनाइए लगत्तै प्रदेश सभा सचिवालयले सुचना जारी गर्दै फागुन ५ गते दिनको २ बजे बस्ने उल्लेख गरिएको छ । आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल माथी आएको अविश्वासको प्रस्तावमा सदनमा छलफल हुने कार्यसुची रहेको थियो ।








