मुख्य खबरसमाचारफिचर

राई संग्रहलायको लागि सरकारले सहयोग गर्छ: मुख्यमन्त्री

संवाददाता

राई जातीको कला संस्कृति, भाषाभाषीको लागि संग्रहालय निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने बागमती प्रदेशका मुखयमन्त्री डोरमणि पौडेलले बताएका छन् । हेटौंडामा शुक्रबार किरात देवास राई उत्थान समाज नेपालको आयोजनामा देवास राई भाषासंग समबन्धित देवास राई कृति संगालो र देवास राई लेखनशैली नामक २ पुस्तक विमोचन गर्दै मुख्यमन्त्री पौडेलले राई जातिको रहनसहन, भेषभुषा, कला संस्कृतिलाई बचाइ राख्न र सबैलाई चिनाउने हिसाबले संग्रहालय निर्माणका लागि आवश्यक सहयोग गर्ने बताए । सरकारले सबै जातजाती भाषा धर्मको संरक्षण गर्नुपर्ने कर्तव्य रहेकाले नेपाल सानो राष्ट्र भएता पनि धेरै भाषाभाषीको बसोबास रहने बताए । उनले नेपालको सबैको साझा भाषा नेपाली रहेको बताउदैं सबै जातजातीले आफ्नो भाषा संगसंगै नेपाली भाषा जान्नुपर्ने बताए ।

No description available.

नेपालका ९ जिल्लामा २९ वटा भाषिक राई मध्ये किरात देवास जात पनि एक रहेको किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय सदस्य प्रमोद कुमार राईले बताए । नेपालमा राईको हाल एक लाख भन्दा बढी जनसंख्या रहेको बताउदैं उनले विभिन्न जातहरु मध्ये १० औं स्थानमा रहेको बताए । आफ्नो पहिचान सहित आफ्नो भाषा, संस्कृति सबै स्थानमा पुर्याउन यस प्रकाशित पुस्तकले थप सहयोग पुग्ने बताए । विमोचित पुस्तकमा १२० जनाले रचिएका साहित्यिक लेद रचना र राई जातीको वर्णमाला सहित देवास राई शब्द र नेपाली शब्दहरुको संगालो रहेको छ ।

किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद प्रल्हाद लामिछाने, बागमती प्रदेशका पत्रकार महासंघ अध्यक्ष प्रताप विष्ठ, शंकर राई, शेर बहादुर पहरी लगायत समाजका केन्द्रीय सदस्यहरु लगायत जिल्लाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।