मुख्य खबरसमाचारफिचर

धादिङफाँटमा ड्रागन खेती सुरु

संवाददाता

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ धादिङफाँटमा ड्रागन फल खेती शुभारम्भ गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले फलको विरुवा रोपेर खेतीको सुरुवात गरिएको छ । अनुष्का ड्रागन फर्मले धादिङफाँटमा खेती सुरु गर्न लागिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाईले यस खेतीले युवाहरु आर्कषित हुने र विदेशिनेबाट रोकिने बताए । गाउँपालिकाको जुनसुकै स्थानमा ड्रागन फल फलाउन सकिने खालको जग्गा र हावापानी रहेको बताए । कृषि र पयर्टनका लागि गाउँपालिकाले विभिन्न खाले कार्यक्रम ल्याइरहेको अवस्थामा ड्रागन खेती कृषि र पर्यटनको लागि अति आवश्यक रहेको बताए । यहाँ फल फलाइएपछि यसको प्रभाव वरिपरी पर्न जाने र गुजारामुखी गरिने खेती प्रणालीलाई छाड्दै आधुनिक खेति प्रणालीमा जाने देखिने बताए ।

No description available.

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दहाल, वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिना, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत नारायण प्रसाद खनाल, गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, कृषि विकास शाखा छतिवनका प्रमुख प्रकाश ढुङगाना, जग्गाधनि शम्भु प्रसाद हुमागाई लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम मकवानपुरगढी ड्रागन फुड पकेट समन्वय समितिका अध्यक्ष नवराज हुमागाईको अध्यक्षतामा भएको थियो ।

शम्भुप्रसाद हुमागाईको एक विगाहा जग्गा १५ वर्षको लागि भाडामा लिएर ड्रागन खेती सुरु गरिएको सञ्चालक नारायण रेग्मीले बताए । एक हजार पोलमा ४ हजार विरुवा रोपिने रेग्मी बताउछन् । हावापनी र माटो मिल्ने भएकाले धादिङफाँटमा खेती शुभारम्भ गरिएको उनले भने । ३० लाख लगानी भइसकेको र पाँच वर्षमा यसको लागत ५० लाख पुग्ने अनुमान गरिएको रेग्मीले बताए । अनुष्का ड्राइगन फर्मका प्रोपाइटर रुक्मिणी सुवेदीले यस खेतीबाट आफु सन्तुष्ट हुने बताए । निर्वाहमुखी खेती भन्दा अलि फरक खेती गर्न पाएकोमा खुसी व्यक्त गरिन् । शिक्षण तथा गायन संगीत पेशामा समेत रहेका सञ्चालक रेग्मीले हेटौंडा १८ हर्नामाडीमा २७ कठ्ठामा ड्रागन खेती गरिसकेका छन् ।