
मकवानपुरगढी गाउँपालिकामा कृषि तथा पर्यटन प्रर्वद्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । ऐतिहासिक मकवानपुरगढी दरबारमा भएको कार्यक्रम पालिका संचार प्रा.लिको आयोजनामा भएको हो । कार्यक्रमलाई मकवानपुरगढी पत्रकार समाजको संयोजन र मकवानपुर गढीगाउँपालिकाको सहयोगमा अभिमुखीकरण कार्यक्रम भएको हो । मकवानपुर गढीगाउँपालिका पत्रकार समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम भएको थियो ।

कार्यक्रममा गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले गाउँपालिकामा सञ्चालित कृषि कार्यक्रम, कृषि क्षेत्रको अवस्था र गाउँपलिकाले ल्याइएका कृषिका नयाँ आयाम कार्यक्रमको साथ गाउँपालिकामा भइरहेका कृषि क्षेत्रका गतिविधिको कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले गाउँपालिका भित्र रहेका मकवानपुरगढी दरबार, ढुङ्गेगढी आनन्द पार्क, सहिद रुद्रबाटिका स्मृति पार्क, ऋषेश्वर गुफा, रानीवास कृषि पर्यटन पार्क, एकिकरण विजय पार्क मनकामना मन्दिर सहितका अन्य पर्यटकीय क्षेत्रहरुको पहिले र अहिलेको अवस्था र आगामी विकास कसरी गरिने विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले गाउँपालिकाको सग्रह क्षेञ सहित कृषि पर्यटन प्रवद्र्धनमा मिडियोको उल्लेख्य भुमिका रहने बताएका थिए । भएका पर्यटन क्षेत्रको विकास र थप निर्माण संगसंगै निर्माण पश्चातको पहरेदारी र अनुगमन हुनुपर्नेमा जोड दिएका थिए ।

अभिमुखीकरण कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट ,महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल, नेपाली कांग्रेसका जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, राप्रपा गाउँपालिका अध्यक्ष कृष्ण विडारी, प्रेस संगठनका केन्द्रीय सदस्य राम कुमार एलन, सुनिल खड्का, प्रेस युनियन मकवानपुरमा अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारी लगायतकाले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा मकवानपुरका सक्रिय संचारकर्मीहरुको सहभागिता रहेको थियो ।








