
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या २ हजार १ जना पुगेको छ ।








