
ऐतिहासिक मकवानपुरगढीको २५८ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी विजय उत्सव मुल समारोह समितिको आयोजनामा भएको उत्सव मनाइएको हो । कार्यक्रमको अध्यक्ष तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गढीको इतिहास, महत्व र अहिले पर्यटकिय क्षेत्रको विकास र भावी योजनाको बारे जानकारी गराएका थिए ।
मकवानपुर क्षेत्रनम्बर १ का निवर्तमान सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । ऐतिहासिक अंग्रेजलाइ परास्त पारिएको दिन आज माघ १० गतेलाई विजय उत्सवको रुपमा मनाइदै आइएको छ । उत्सवमा राष्ट्रिय झण्डा तोलन गरि नेपाली सेनाद्धारा सलामी दिइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गाउँपालिकाका उपाध्यक्ष हर्कमायाँ रुम्बा, नेपाली सेनाका महासेनानी प्रकाशध्वज थापा, सशस्त्रका एसपी नीरकृष्ण अधिकारी, वडा अध्यक्ष बखान सिं पाख्रीन, भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, जीत बहादुर घिमिरे, नेपाली कांग्रेसका अर्जुन दाहाल, राप्रपाका कृष्ण विडारी, नेकपाका रामजी सापकोटा,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष राममणि दाहाल, गढी दरवारका जानकार केदार न्यौपाने, वकिलराज बानियाँ,लगायतको अतिथ्यता रहेको थियो ।









