
हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाइ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुलका क्रममा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको हो।
प्रदेशसभाको शुक्रबारको बैठकमा संसदमा अविश्वासको प्रस्ताव टेबुल गर्न पहिलो हस्ताक्षरकर्ता दाहाल–नेपाल समूहका सांसद अरूण नेपालले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए ।
अष्टलक्ष्मी शाक्यलाई संसद दलको नेता चयन गरेको उनले बताए । उनले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले जनताको सर्वोपरी हितमा अपेक्षाकृत ढंगले काम नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । प्रदेशसभाको बैठक माघ १९ गते २ बजे बस्नेगरी सभामुखले स्थगित भएको जानकारी दिएका थिए।








