
बागमती प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले गणतन्त्रका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमरेड होइन प्रतिगमनकारी भन्छौ भनी बताएकी छिन् ।
उनले जनताको बहुमत, अपार माया, विश्वास र मत दिएका थिए तर जनता प्रति हामीले जवाफदेहिता, सुसाशन शान्ति र समृद्धि दिन सकेनौं त्यसको कारण ओली रहेको आरोप लगाइन् । गणतन्त्रको प्रधानमन्त्री तर गणतन्त्रबाट ल्याइएको संविधान माथी हस्तक्षेप गरिएको बताइन् ।
हामी फुट्न चाहादैनौ नेकपा भित्र रहेको विमत नेकपा भित्रै मिलाउनुपर्नेमा संसद नै विघटन गरि संविधान विपरित कदम चालिएकोले हामी सडकबाटै उक्त कदमको विरोध गरिने बताए । हामीले अविश्वासको प्रस्ताव पेश गरेका छौं कानुन बमोजिम अगाडी बढाउन समामुखलाई आग्रह गरिन् ।








