मुख्य खबरसमाचारफिचर

जनतामा वितृष्णा गराउने काम नेकपाले गर्यो: नेता बानियाँ

संवाददाता

बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँले आम नेपाली जनतामा वितृष्णा गराउने काम नेकपाले गरेको बताएका छन् । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा बोल्दै उनले संघीय संसद विघटन पछि जनतामा वितृष्णा जागेको जुन नेकपाले गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरे त्यो प्रावधान संविधानमा नरहेको बताए ।
नेपाली कांग्रेस अलोकतान्त्रिक र असैवधानिकको विरुद्ध लाग्ने बताउदैं नेता बानियाँले नेकपा पार्टी फुटेको छैन मिलेर अघि बढ्न शुभकामना दिए । तपाईहरुबीचको तित्तताले गर्दा मत विभाजन भएको र तपाईको तित्तताले जनतालार्ई धोका दिनुभयो भन्दै बानियाँले दल नफुटोस् नफुटी पाँच वर्ष सरकार चलाउनुहोस भनी आग्रह गरे ।

प्रदेश सरकार स्थिरता रहनुपर्छ । प्रदेश नरहे सम्म संघियता नरहने हुन्छ । उनले मुख्यमन्त्री पौडेलमाथी आएको अविश्वासको प्रस्ताव नेपालको संविधान र कानुन बमोजिम अगाडी बढाउन सभामुखलाई अनुरोध गरेका छन् ।