
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताएका छन् । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विषम परिस्थितीमा उभिएका छौं । प्रधानमन्त्रीले संसद विघटन गरि निर्वाचान मिति तोकिएको अवस्थामा केहि सत्ता पक्ष र प्रतिपक्षले विरोध जनाइरहेको बताए ।
आफुलाई काम गर्न नदिने अवस्था भए पछि प्रधानमन्त्री ओलीले जनता सामु नयाँ जनादेशको लागि चुनाव रोज्नुपरेको बताए । एउटै विचार अनि पार्टी भएता पनि अविश्वास गरिएको बताए । शुन्य अवस्थामा रहेको प्रदेश सरकार अहिले धेरै अघि बढेको र विभिन्न नमुनालायक योजनाहरु भइरहेको र केहि भइसकेको अवस्था रहेको बताए ।
उनले प्रदेश सभामा प्रदेश सरकारले गरेका केहि महत्वपुर्ण कामहरुको विवरण प्रस्तुत गरेका थिए ।








