
खबरबाकस \ बागमती प्रदेश सरकारका सात मन्त्रालयले हाल सम्म गरेका विभिन्न काम तथा योजनाहरु समेटिएर तयार पारिएको 'बागमती प्रदेश विकास दर्पण' नामक पुस्तक मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजानिक गरेका छन् ।
सार्वजानिक गर्दै मुख्यमन्त्री पौडेलले यो पुस्तक पुर्ण नभएको बताउदैं यस वर्ष गरिएका काम र सम्पन्न योजनाहरु नसमेटिएको बताए । माघ २९ गते प्रदेश सरकार गठन भएको दिन पुर्ण विवरण सहितको पुस्तक ल्याइने बताए । उनले बागमती प्रदेश अन्य प्रदेशको तुलनामा आर्थिक बेरुजुमा कम रहेको भन्दै सुशासनमा अब्बल रहेको दावी गरे ।
उनले प्रदेश सरकारको गौरवको योजनामा रहेको सुरुङमार्गको ग्लोबल ठेक्का प्रणाली अनुसार काम अघि भइरहेको बताए । हाल सम्म प्रदेश सरकारले शिर ठाडो पार्ने गरि काम गरेको बताए ।
यस्ता छन् सात मन्त्रालयका कामहरु मध्येका केहि महत्वपुर्ण कामहरु :-
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन निर्माणमा ५८ वटा ऐन, १९ वटा नियमावली, १६ वटा कार्यविधि, ३ वटा निर्देशिका, ८ वटा आदेश गरी १०८ वटा कानुन तर्जुमा भएको, पौष मसान्त सम्ममा बैठक बसी ४६३ वटा निर्णय गरेको, दुरगामी सोचलाई पुरा गर्न पहिलो आवधिक योजना २०७६/७७ देखि २०८०/८१ कार्यान्वयनमा ल्याइएको जस्ता विविध कामहरु रहेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्र प्रकाशन गर्ने गरेको, प्रदेश ऐन तथा नियम संग्रह प्रकाशन गरिएको, प्रहरी चौकी निर्माण गरिएको, सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना गरिएको, द्धन्द पिडित तथा विस्तापित परिवारलाई ३ करोड ९३ लाख ७० हजार सहयोग दिइएको जस्ता महत्वपुर्ण कामहरु गरिएको छ ।
त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारको बजेट आकारमा वृद्धि गर्दै गइरहेको, वार्षिक बजेट सुत्रबाट तर्जुमा गरिएको, बजेट सुचना प्रणालीबाट गरिएको जस्ता कामहरु रहेका छन् । उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले हाल सम्म लघु घरेलु र साना उद्योग र वाणिज्य र्फम दर्ता गरेको,उद्योग क्षेत्रमा उद्यमीलाई लगानी गरेको, एक निर्वाचन क्षेत्र एक उद्योग ग्राम गरिरहेको, प्रदेश औद्योगिक क्षेत्रको निर्माण भइरहेको, साझा सुविधा केन्द्र, बजारघर तथा कृषि उपज विक्री केन्द्रको स्थापना, पदमार्गको निर्माण, एक जिल्ला एक नमुना पर्यटन गन्तव्य, सहुलियत युवालाई कर्जाको व्यवस्था, उत्पादनमुखी वन व्यवस्थापन जस्ता काम गरिरहेको छ ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सामुहिक चक्लाबन्दीमा यान्त्रिकिकरणको माध्यमबाट अन्नबाली, तरकारी, माछा र फलफुल खेति गरिएको, दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर अनुदानको व्यवस्था गरिएको, कृषि पर्यटन प्रवद्र्धनको लागि कालिज, टर्की, लोक कुखुरा, अल्पकाका फार्म स्थापना गरि सञ्चालन गरिएको, कृषि सडक निर्माण गरिएको, ह्याचरी, दाना उद्योग सञ्चालन गरिएको छ ।
भैतिक पूर्वाधार विकास मन्त्रालयले एक घर एक धारा कार्यक्रम लागु गरेको, प्रादेशिक लोकमार्गहरुको निर्माण तथा विस्तारका काम भइरहेको, सडकमा कालोपत्रे, ढलान तथा ग्राभलको काम भएको, मुख्य गौरवको योजनामा रहेको भीमफेदी कुलेखानी सुरुङमार्गको कार्य प्रारम्भ गरि ठेक्का प्रक्रियामा पुगेको जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको, अभिभावक विहीन बालबालिकालाई संरक्षण गरेको, अस्पतालहरुमा एचडियु व्यवस्था गरिएको, विदालयका भौतिक तथा शैक्षिक गुणस्तर गरिदैं लगिएको, छोरी बुहारी छात्रवृति लागु गरिएको, विभिन्न जिल्लामा साना ठुला रङ्गशाला निर्माण तथा विस्तार गरिएको, २०७८ मा बालविवाह मुक्त प्रदेश र २०८० मा बालमैत्री स्थानिय तह बनाउने लक्ष्य लिएको जस्ता कामहरु रहेका छन् ।








