
मकवानपुगढी वडा नम्बर २ खोलेखेतमा श्रीमानद्धारा श्रीमतीको हत्या गरेको शंकामा प्रहरीले पक्राउ गरेका छन् । उनीलाई थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।
४६ वर्षका देवराज गोेलेले आफ्नै श्रीमती ४६ वर्षकै श्रीमाया गोलेको हत्या गरी भ¥याङबाट खसालेर मारेको आशंका रहेको स्थानिय राजविर मोक्तानले बताए । उनीहरु आइतबार साँझ खाना खाए पछिको सुत्ने समयको बेलामा हत्या भएको हुन सक्ने मोक्तानको भनाइ रहेको छ । श्रीमायाको शव भने उठाउन प्रहरीहरु घटना स्थल जादैं रहेको जनाइएको छ ।
श्रीमानले श्रीमतीलाई यस अघिका समयमा पनि कुटपिट गर्ने शरिरमा चोट लिएर बस्ने गरेको स्थानियहरु बताउछन् ।








