
सिधाखबर \ नेपालमा दक्ष जनशक्तीको अभाव रहेको पाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघको साझेदारीमा एक रोजगारदाता नेतृत्व लेवर मार्केट सचिवालय (एलम्स) परियोजनाको बागमती प्रदेशको राजधानी हेटौंडामा सुरुवात गर्दै गर्दा नेपालमा दक्ष जनशक्तीको अभाव रहेको सहभागिहरुले बताएका छन् ।
श्रम बजारको माग अनुसार रोजगारदाता संघहरुले समन्वयात्मक रुपमा श्रमबजार सुचना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न परियोजनाको सुरुवात गरिएको परियोजनाकार चन्द्रकान्त अधिकारीले बताए । परियोजनाले राष्ट्रिय पेशागत वर्गीकरण मापदण्डको विकास गर्ने, श्रमबजार सुचना प्रणालीको विकास गर्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तीको विकास गर्ने जस्ता कार्यहरु गरिने अधिकारीले बताए ।
बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख अतिथ्यतामा तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्रसाईले दक्ष जनशक्तीको अभावको उदाहरणदिदैं भारतबाट झिकाउने अवस्था नेपालमा रहेको बताए । नेपालमा ८० प्रतिशत भन्दा बढी निजी क्षेत्रले रोजगारी दिएको बताए । उद्योग प्रतिष्ठानको आवश्यता अनुरुप सीप विकास गर्नुपर्ने रहेको बताउदैं एक रोजगारदाता नेतृत्व लेवर मार्केट सचिवालय (एलम्स) परियोजना अनुरुप काम गर्न साझेदारी संस्थाहरुलाई आग्रह गरे । उनले दक्ष जनशक्ती उत्पादन गरी नेपालमा रहेका कामदारहरुको तथ्याङ्क राखी तालिम प्रदान गर्न निर्देशन दिएका थिए ।
कार्यक्रममा एलम्स परियोजनामा साझेदारी गर्ने संस्थाहरुका घरेलु तथा साना उद्योग महासंघका कार्यबहाक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारले ल्याएका नारा नारामा मात्र सिमित नहोस् यी यस्ता परियोजनामा साथ दिएर लाग्नुपर्ने बताए । नेपालमा २ लाख ४१ हजार साना तथा ठुला उद्योग रहेका छन् जसमा २६ लाख भन्दा बढी रोजगारी रहेको बताए । तर नेपालका उद्योगहरुमा सम्बन्धित दक्षजनशक्ती नभएकोले छिमेकी राष्ट्रबाट मगाउनु पर्ने बाध्यता रहेको बताए । तीन तहका सरकारले अब तालिम मात्र होइन तालिम दिँदा दक्ष जनशक्ती उत्पादन गरि देशभित्र नै आफ्नो सीप लगाउने वातावरण गराउनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमित केडियाले सैदान्तिक शिक्षा संगै प्रयोगात्मक शिक्षा आवश्यक रहेको भन्दै डिग्री सकेका विद्यार्थीले प्राविधिक काम गर्दा हात कमाउने डर मान्ने जस्ता अनुभव रहेको बताए । नेपाल उद्योग परिसंघ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले होटल सम्बन्धि तालिम पश्चात केहि वर्ष काम गरि विदेश पलायन हुनाले होटल व्यवसायमा समस्या रहेको बताए । दक्ष जनशक्ती पलायन भएपछि पुन अर्को अनुभवी बनाउन समस्या हुने बताए । होलटमात्र नभई उद्योगलाई चाहिने जनशक्ती, सिकर्मी डकर्मी बाहिरबाट नै ल्याउँदा नेपाली रकम विदेश जाने बताए । नेपाल निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले नेपालमा युवाहरु बेरोजगार छन् तर दक्ष छैनन् । दक्ष कामदारको आवश्यक छ तर पाईएको अवस्था नभएको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले आफु पनि उद्योग संग नजिक रहेको बताउदै उद्योगमा दक्ष कामदार अभाव नै रहेको बताए । पछिल्लो समय स्थानियतहमा सिलाईको मात्र तालिम प्रदान गर्ने तर तालिम पश्चात सिलाईमा कोही पनि नलागेको तथ्याङ्क रहेको छ । तर यो बजेट सकाउने मात्रको तालिम भन्दा पनि युवाहरुलाई स्वारोजगार बनाउने र दक्ष जनशक्ती उत्पादन गर्ने खालका तालिम तथा प्रशिक्षण हुनुपर्ने बताए । उनले सकरात्मक सोच र ढङ्गले काम गरे यो परियोजना सफल हुने बताए । प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सिटिईभीटि) बागमती प्रदेशका निर्देशक टैलेन्द्र आचार्यले नेपालमा के कति कामदार छन् भन्ने तथ्याङक नभएको अवस्थामा यस परियोजनाले तथ्याङकगत विवरण तयार पार्ने बताए ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि विष्णु विडारीले युवा लक्षित, उत्पादन रोजगारी सहुलियतदरमा कृषि विकास बैंक र साना किसान विकास बैंक मार्फत ३ प्रतिशत व्याजदरमा १० लाख सम्म कर्जाको व्यवस्था प्रदेश सरकारले गरिएको बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, उद्योग परिसंघ बागमती प्रदेश संयोजक ऋषिराम घिमिरे, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ, होटल संघ निर्माण व्यवसायी संघ, दुग्ध संघ लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।








