
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४७७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९५४ जना पुगेको छ ।








