मुख्य खबरसमाचारफिचर

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६० हजार ८१६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९४८ जना पुगेको छ ।