
चितवनमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान सहितको नागरिकता बनेको छ । भरतपुर महानगरपालिका शरदपुरकी तेस्रोलिङ्गी संगिता अधिकारीले आफ्नो पहिचान सहितको नागरिकता पाएकी हुन् । जिल्ला प्रशासन कार्यालय चितवनको अनुसार चितवनमा पहिलो पटक यसरी तेस्रोलिंगीलाई पहिचानसहितको नागरिकता उपलब्ध गराएको जनाएको छ ।
२०७३ साल माघ १० गते जारी गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले नाम र लिङ्ग सच्याएर नागरिकता लिन पाउने कानुन आएपछि संगिताले पनि आफ्नो पहिचान अनुसारको नागरिकता पाएकी हुन् ।
पहिचानसहितको नागरिकता पाउनको लागि संगिताले चार वर्ष प्रशासन कार्यालय धाउनुपर्यो । परिवार र समाजको सनाखत हुँदा पनि उनलाई प्रशासनले भने पत्याइरहेको थिएन । नागरिकताकै लागि भनेर उनले धेरै संघर्ष गर्नुपरेको बताउँछिन् ।‘जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कानुनमा उल्लेख नभए पनि कुराहरु पनि आवश्यकता अनुसार नागरिकता दिनुपरेकोले त्यसरी चिकित्सकद्वारा प्रमाणित गरि नागरिकता प्रदान गरिएको बताए ।
उक्त काननु आएपछि मकवानपुरमा यस यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका तीन जनाले पहिचान सहितको नागरिकता पाएका छन् ।








