मुख्य खबरफिचर

नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६० हजार १७७ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ९४३ पुगेको छ ।