मुख्य खबरसमाचारफिचर

ओलीले चालेको कदमप्रति चिन्ता लागेको छ :सांसद ग्लान

राक्सिराङ गाउँपालिकाको नवौं गाउँसभा

श्रीराम अर्जुन

मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँ सभाको नवौं( हिउँदे) अधिवेशन सुरु भएको छ । सोमबार गाउँपालिकाको परिसरमा गाउँसभा गर्दै हिउँदे अधिवेसन सुरु भएको हो ।  बागमती प्रदेशका सदस्य ओम बहादुर ग्लानको प्रमुख अतिथ्यतामा भएको सभा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य ग्लानले हामीले विकासलाई विकेन्द्रीतकरण गर्नको लागि संघियता ल्याएका हौ तर देशको पछिल्लो राजनितिक घटनाक्रमले नराम्रो संकेत गरिएको बताए । गाउँको विकास गाउँमै छलफल गरि विकासले तिव्रगति लिनको लागि ल्याइएको संघियता यतीखेर धरापमा रहेको बताए । उनले राजाले गरेको जस्तो शासन ओलीले चालेका कदमले हामीमा चिन्ता लागेको बताए । राक्सिराङको विकासमा अब उत्पादन संग जोड गर्नुपर्ने रोस्टममा बोलेर मात्र होइन काम गरेरनै देखाउनु पर्ने भन्दै ग्लानले राक्सिराङ गाउँपालिका अब चारैतिर ठुला सडक सञ्जालले जोडिएर यहाँको विकासमा टेवा पुग्ने योजना बनाइ काम गर्नुपर्ने बताए ।

No description available.

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मल्लले गाउँपालिकाले विभिन्न नमुना कार्यक्रमहरु ल्याएर काम गरिरहेको बताए । आमाबुबा बचाउ कार्यक्रम, बुहारी छात्रवृति, दलित छात्रवृति, गाउँपालिकामा डाक्टर राखिसकेको र छिट्टै १५ शैयाको अस्पताल निर्माणको तयारी रहेको बताए । गाउँपालिकाको मुख्य समस्या सडक र परेवाभिरको बाटो रहेको बताउदैं त्यो पनि ठेक्का प्रणालीमा गइसकेको बताए ।

No description available.

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, वडा ३ का अध्यक्ष बाबुलाल स्याङतान, गाउँपालिकाका प्रवक्ता तथा वडा ८का अध्यक्ष रामकृष्ण प्रजा, नेपाली कांग्रेस गाउँपालिका सभापति विरेन्द्र जिम्बा, नेकपा ईन्चार्ज बनस्तम थिङ, समाजसेवी चित्र बहादुर थापा, गाउँपालिका शिक्षक महासंघका अध्यक्ष मिथुन रुम्बा लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा चेपाङ संघ मकवानपुरका अध्यक्ष पूर्ण बहादुर चेपाङ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सञ्चारकर्मी, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


No description available.

अडियो वडापत्र, स्थानिय पाठ्यक्रम सुरुवात 

नवौं गाउँसभामा गाउँपालिकाले अडियो वडापत्रको सुरुवात गरिएको छ । प्रदेश सभा सदस्य ओम बहादुर ग्लानले अडियो वडापत्र बजाएर सुरुवात गरेका छन् । पर्वतयीय भाषा (नेपाली,चेपाङ र तामाङ) भाषामा तयार पारिएको अडियो वडापत्र गाउँपालिकामा राखिएको हो । चेपाङ समुदाय धेरैजसो अशिक्षित रहेकोले बोर्डमा लेखिएको वडापत्र पढ्न नसकिने भएकाले तिन भाषामा अडियो वडापत्र सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले बताए । त्यस्तै, सभाबाटै गाउँपालिकाले स्थानिय विषयमा आधारित रहेर पाठ्यक्रम र पाठ्यपुस्तक सार्वजानिक गरिएको छ । आगामी शैक्षिक सत्र देखि सुरु हुनेगरि कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम रहेको जनाइएको छ । यस पाठ्यक्रम कक्षा ८ सम्म विस्तार गरिने गाउँपालिका अध्यक्ष मल्लले बताए ।


No description available.

गाउँसभामा सम्मान र पुरस्कृत
राक्सिराङ गाउँपालिकाले नवौं गाउँसभामा विभिन्न विधामा सम्मान र पुरस्कृत गरेको छ । सभामा पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याउने सिधाखबर डटकमका सम्पादक तथा इमेज टेलिभिजनका मकवानपुर सम्वाददाता श्रीराम अर्जुन, गोरखापत्रका मकवानपुर संवाददाता शिवकुमार काशीलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य चौकीका जग्गा दाता हरि बहादुर प्रजा, शिक्षक राजु रेग्मी, वडा ७ अध्यक्ष कुलबहादुर प्रजा, महिला स्वास्थ्य स्वंम सेविका गोमा शाह, स्वास्थ्यकर्मी सुर्य बहादुर थिङ, कर्मचारीहरुमा कमलकान्त घिमिरे (राजश्व संकलन), पान बहादुर तितुङ (असइ),ललितमान तामाङ (वडा सचिव) र कार्यालय सहयोगी रेम्बो प्रजालाई सम्मान गरिएको थियो ।

त्यस्तै, गाउँपालिकामा रहेको पशुपालन तर्फ इम्मानुयल एकीकृत कृषि तथा पशुपालन फर्म, कृषितर्फ सक्रिय एकीकृत कृषि फर्म, पूर्वाधार निर्माणउपभोक्ता समूहतर्फ सामुदायिक स्वस्थ्य भवन निर्माण उपभोक्ता समिति, गैसस तर्फ दिगो विकासका लागि एकता नेपाल र इन्थ्थर बेन्जामिन फाउन्डेसन, विद्यालयतर्फ कालिका मावि, टोल विकास संस्थातर्फ सयपत्री मैसिराङ टोल विकास संस्था राक्सिराङ ८, उत्कृष्ट विद्यार्थी सन्तोष घलान र रसिला ब्लोनलाई सम्मान गरिएको थियो ।

गाउँपालिकाले विभिन्न प्राविधिक शिक्षा छात्रवृतिको लागि परेका निवेदकहरु मध्येबाट विषय अनुरुप ११ जना विद्याथीलाई तिन लाख २५ हजार छात्रवृति प्रदान गरेको छ । बुहारी छात्रवृति कार्यक्रम अन्तरगत परेका आवेदन अनुरुप ४ जनालाई १ लाख २० हजार प्रदान गरिएको थियो ।