मुख्य खबरसमाचारफिचर

राजाले संविधान मिचेर विघटन गरे, सोही बाटोमा ओली लागे: नेता केसी

संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननर सिं केसीले २०१७ सालमा राजाले संविधान मिचेर जसरी संसद विघटन गरे सोही बाटोका केपी ओली लागेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस मकवानपुुरको प्रदेश सभा (ख) क्षेत्रले हेटौंडामा आयोजना गरेको विरोध कार्यक्रममा सम्बोधन गर्दै नेता केसीले सविधानलाई कुल्चेर संविधान विपरित रहि संसद विघटन गरेको र त्यो असैंवधानिक रहेको बताए । दुई तिहाइको कम्युनिष्ट सरकारले लोकतन्त्रको विरुद्धमा काम गरेको छ कांग्रेसले लोकतन्त्रको लागि राणा, पञ्चायत, द्धन्द्धकालिन समयमा माओवादी संग संझौता गरि बचाएर ल्याएको लोकतन्त्र नेकपा सरकारले कुल्चिएको र लोकतन्त्रको विरोधमा लागेको बताए ।

कोरोनाको कहरमा स्वास्थ्य सामाग्री खरिदमा गरिएको भष्ट्रचारले नै पुष्टी हुन्छ कति सम्म कहाँ कहाँ गरे नेकपा सरकारले भष्ट्रचार । ५८ प्रतिशत भष्ट्रचार बढेको नेपालमा एक प्रतिवेदनमा उल्लेख रहेको भन्दै नेता केसीले सिंह दरबारमा भएको भष्ट्रचार अहिले गाउँगाउँ वडावडामा रहेको बताए । ओली सरकारले चालेका कदमप्रति केहि कम्युनिष्टहरु मिलेर विरोध गर्नुपर्छ भनिरहदाँ कांग्रेस जेठो पार्टी रहेकोले आफैं एक्लै सडकमा गएर विरोध गरिने बताए । उनले लोकतन्त्र विरोधी भष्मासुर केपी ओलीलाई सडकबाटै हटाउने बताए । २०४७ को सविधानमा प्रधानमन्त्रीले संसद विधटन गर्ने उल्लेख भएता पनि अहिलेको सविधानमा उल्लेख नरहेको बताए ।

No description available.

कार्यक्रममा बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले लोकतन्त्रको लागि लडेको कांग्रेसले अब सडक बाट नै लोकतन्त्र विरोधीलाई निष्कासन गर्ने बताए । नेकपा सरकार लोकतन्त्रको विरुद्धमा उभियो, सविधानमा उल्लेख विपरित चल्दै संसद विघटन गरे । नेता बानियाँले सर्वोच्च अदालतले चुनाव गराउने बाटो खुलाए कांग्रेस चुनावको मैदानमा जाने बताए । तर समयमा चुनाव गराउन सकेनन भने अहिले विघटन भएको संसद पुनः सञ्चालन गरिनुपर्ने बताए ।