मुख्य खबरसमाचारफिचर

अधिकार नदिँदा बोलेको कुरा पुराउन सकिन: मुख्यमन्त्री पौडेल

संवाददाता

उद्योगीलाई दिएको बचन र बोलेका आश्वासन पुरा गर्न नसकेकोमा माफी माग्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अधिकार नहुँदा काम गर्न नसकेको बताएका छन् ।

उद्योग संघ मकवानपुरको १९ औ साधारण सभालाई सम्बोधन गर्दै पौडेलले प्रदेश सरकारमा अधिकार नहुँदा धेरै कामहरु गर्न असहज भएको बताएका छन् । संविधानमा स्पष्ट उल्लेख छ तिन तहका सरकारले के गर्ने के नगर्ने भनी तर आफुले उद्योगी व्यवसायीलाई दिएको बचन विभिन्न अधिकार प्रदेश सरकारलाई नहुदाँ पुरा गर्न नसकेको बताए । औद्योगिक क्षेत्र भित्रका खाली रहेका जग्गाहरुलाई उद्योग संचालन गरी काम गर्न लाग्दा संघीय सरकारकाले बाधा पुराउने भएकाले काम गर्न असहज भएको बताए ।

उनले प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्ताव फेल हुने बताएका छन् । असैंवधानिक भन्ने गरेका केही जमात सर्वोच्चमा कसरी पुग्यो भन्दै उनले हाम्रो सरकारले अविश्वासका प्रस्ताव फेल गराउने बताए ।

No description available.

नेपाली काग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु रहेपनि सरकारले संबोधन गर्न नसकेको बताए । उनले दुई तिहाईको सरकार हुँदा पनि देशमा कोभिड १९ को मारमा परेका उद्योगी व्यवसायीहरुमा संबोधन गर्न नसकेकोमा दुख व्यक्त गर्दै उद्योग व्यवसायीहरुको समस्या समाधानमा आफु सधै लागि रहने बताए ।