
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ चुरियामा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति राजमार्गको चुरियामाई मन्दिर उकालोमा जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौँडा ३ बस्ने अन्दाजी ४३ बर्षीय देवी लामाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको जनाइएको छ। त्यसैगरी मोटरसाइकल चालक हेटौँडा ३ लेवट बस्ने अन्दाजी ३५।३६ बर्षीय इश्वर नेपाल घाइते भएको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने बस तथा चालक ईलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा लिइएको छ ।








