मुख्य खबरफिचर

१३० केजी लागू औषधगाँजा सहित मानिस पक्राउ

संवाददाता

शुक्रबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीलेजिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी स्थितपुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनारामा लागु औषध गाँजा ४४ केजी सहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ्ग गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षका सुजन प्रजा, २५ वर्षका दिपक लामा , ५२ वर्षका कान्छाराम लामा, ४५ वर्षका गोपाल चेपाङ, ३१ वर्षका रतन सिंतान, ३६ वर्षका उद्धास ब्लोन , २५ वर्षका प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षका सिताराम सिङतान रहेका छन् ।

त्यस्तै २३ गते विहीबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा लागुऔषध गाँजा ओसार पसार भईरहेको छ भन्ने प्राप्त सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी रुपाचुरी जंगलमा केही मानिसहरुले बोराहरूबोकी ल्याएको अवस्थामा लागु औषध गाँजा ८६ के.जी. फेला परेको र ल्याउने व्यक्ती फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक ईन्द्र बहादुर रानाले बताउनुभयो ।