
सिधाखबर \ ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आइपि ईआर.आर कार्यक्रमले बागमती प्रदेशका काठमाडौ जिल्ला बाहेकका १२ जिल्लामा गरिएको सामाजिक जवाफदेहिताका औजारहरु सतप्रतिशत कुनै पनि सरकारी कार्यालयले नगरेको भेटिएको छ । तथ्याङ्क सहित ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल मकवानपुरले पत्रकारसंग छलफल गर्दै सामाजिक जवाफदेहिताका १८ वटा सुचक (औजार)मा विवरण संकलन गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बाहेक झण्डै जिल्लातहका ३० वटा सरकारी कार्यालयले उक्त औजारको सतप्रतिशत प्रयोग नगरिएको ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल मकवानपुरका जिल्ला अधिकृत प्रमिला थिङले बताइन् । प्रदेशको १२ जिल्लामा समग्र ७१ प्रतिशत सामाजिक जवाफदेहिता औजार प्रयोग गरिएको छ ।
उनले प्रयोग गरिएको औजारका सुचकहरुमा कार्यालयका नागरिक वडापत्र, सुचना पाटी, सुचना अधिकारी, गुनासो पेटिका, निर्माण स्थलमा जानकारी ससहितको होडिङबोर्ड, आई ई सी सामाग्री, नियमित सार्वजानिक सुनुवाई, सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया, सञ्चार माध्यममार्फत प्रचारप्रसार, त्रैमासिक प्रतिवेदन सार्वजानिक जस्ता १८ वटा सुचक रहेको बताइन् ।
धेरै जसो कार्यालयमा सामाजिक सञ्जाल प्रयोग र इमेलइन्टरनेटको प्रयोगले गुनासो पेटिकामा गुनासो नआउने पाइएको बताइन् । पत्रकार छलफलमा वासर्षिक कार्यक्रमबारे जानकारी दिइएको थियो भने फेलोसिप लेखनको समिक्षा गरिएको थियो । वार्षिक लक्ष्य ४६ वटा कार्यक्रम गर्ने भनिएता पनि कोरोनाका कारण ३६ वटा कार्यक्रम सम्पन्न गरिएको थिङले बताइन् ।
उनले भुकम्पपछिको पुनर्निमाण र पुनस्र्थापनामा सदाचारका कार्यक्रममा जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रमले निजी आवास पुनर्निमाण नयाँ सुचनाबारे जानकारी गराउदाँ जनप्रतिनिधिहरु अझ बढी जिम्मेवारी बोध गराउन सकिएको बताइन् ।








