मुख्य खबरफिचर

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ८५६ जना पुगेको छ ।