
काठमाडौं \ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।
काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघि नेकपा बागमती प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री डोरमणि पौडेल थियो ।
प्रचण्ड–नेपाल समूहले पुस १० गते बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।








