
हेटौँडा \ पुस १२ प्रचण्ड-नेपाल समुह नेकपा मकवानपुरले आयोजना गरेको भेलामा नजान उर्दी जारी गरेको ओली समुह नेकपा मकवानपुरले आज हेटौँडामा कार्यकर्ता भेलाको आयोजना गरेको छ।
नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हेटौँडा-४ मा रहेको क्लब हेटौँडामा भेलाको आयोजना गरिएको हो।नेकपा मकवानपुरको मोर्चा संगठनहरुको संयुक्त आयोजनामा बिहीबार हेटौंडामा कार्यकर्ता भेला गर्न लागिएको हो ।
बिहान ११ बजे बोलाइएको भेलामा नेकपा सम्बद्ध युवा संघ, अनेम संघ, अनेरास्ववीयु, खेलकुद महासंघ मजदुर संगठन र किसान संगठन आवद्ध नेता कार्यकर्ताको सहभागिता रहने युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताएका छन्।
कार्यक्रममा युवासंघका केन्द्रीय सहसंयोजक रमेश पौडेलको सहभागिता रहने जनाइएको छ । केही दिन अघि हेटौँडा-४ मा रहेको रोयल पार्टी प्यालेसमा प्रचण्ड-नेपाल समुहले गुट भेलाको आयोजना गरेको थियो। उक्त भेलामा ओली समुहका नेकपा केन्द्रीय सदस्य/ मकवानपुर सह-इन्चार्ज रामेश्वर रानाले विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई नजान उर्दी जारी गरेका थिए।








