मुख्य खबरसमाचारफिचर

बाग्मती प्रदेशका नेकपा संसदीय दलका उपनेता र सचेतक पदमुक्त

संवाददाता

काठमाँड़ौ/ मुख्यमन्त्री डोरमणि पौडेलले बाग्मती प्रदेशका संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट बर्खास्त गरेका छन् ।

बाग्मती प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन मुख्य भूमिका निर्बाह भन्दै मुख्यमन्त्री पौडेलले उनीहरूलाई पदमुक्त गरिएको  प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहका हुन् भने माँझी र जम्मकट्टेल प्रचण्‍ड-नेपाल समूहका हुन् । नेकपाको प्रचण्ड- नेपाल समूहद्वारा ओलीपक्षका मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ ।