
काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर बिरोध प्रदर्शन गरेको छ।
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा भएको कांग्रेसले जनाएको छ।
सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीको सभालाई सम्बोधन गरेका छन। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजीत सभालाई सम्बोधन गरे ।
महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गरका छन भने प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गरेको कांग्रेसले जनाएको छ।








