मुख्य खबरफिचर

नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ८२५जना पुगेको छ ।