मुख्य खबरसमाचारफिचर

प्रतिनिधिसभा विघटनको विरोधमा जसपाद्वारा काठमाडौँमा प्रदर्शन

संवाददाता

काठमाडौँ / प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आज आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ ।

काठमाडौको शान्तिवाटिकाबाट सुरु भएको  र्‍याली पुतलीसडक, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा भएको जसपाले जनाएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो ।