
काठमांडौ/ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध राजधानीमा बृहत नागरिक प्रदर्शन भएको छ ।आज शनिबार दिउँसो नागरिक समाजको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।
उक्त प्रदर्शनमा सहभागीले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् । प्रधानमन्त्रीको कदमविरुद्ध ‘वृहत नागरिक आन्दोलन’ निर्माण गरेका नागरिक अगुवाले सडक संघर्षको पहिलो दिन शंख बजार चर्को नाराबाजी गरे ।








