
काठमाडाैं/ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्री परिषद विस्तार गरेका छन्। ओलीद्वारा मन्त्रिपरिषद्ममा ९ सदस्य थपिएको छ भने केहीको जिम्मेवारी हेरफेर गरिएको छ।
श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।यसैगरी टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ । साथै विमला विश्वकर्माले पनि राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्। यसैबिच, ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई हटाएका छन्।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाइएको छ। त्यसैगरी गणेश ठगुन्नालाई सामान्य प्रशासन र गाैरीशंकर चाैधरीलाई श्रम मन्त्रालयको जिम्मा दिइएको छ।
महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानुन र शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालय दिइएको छ। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षामन्त्री बनाइएको छ। त्यसैगरी भूमिसुधार मन्त्री रहेकी पद्मा अर्याललाई भने कृषि मन्त्रीको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ शपथ लिएका छन्।








