मुख्य खबरसमाचारफिचर

मन्त्रिपरिषदको बैठक आज साँझ ६ बजे

संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीका सञ्चार रामशरण बजगाईंका अनुसार साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो। ओलीले आफ्नो समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्।

नेकपा विभाजन भएर दुई खेमामा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका छन् । नेकपाको ओलीपक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताएका थिए ।

प्रतिनिधिसभा विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए।