मुख्य खबरसमाचारफिचर

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा माइतीघर मण्डलमा विरोध प्रदर्शन

संवाददाता

काठमाडौं \ प्रतिनिधिसभा संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पूर्व प्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरू सहभागी छन् । प्रदर्शनमा सहभागी भएकाहरूले ‘हामी यहाँ छौं’ लेखेको पम्प्लेट टाँसेर बसेका छन् । प्रदर्शनमा पूर्व प्रधानमन्त्रीहरूले हामी यहाँ छौं लेखिएको पम्पलेट बोकेर सडकमा बसेका थिए ।

प्रदर्शन शान्तिपूर्ण छ । कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका हरुले ‘प्रतिनिधि सभा विघटन खारेज गर’ ‘संवैधानिक कू मान्दैनौं’ जस्ता नारा लगाएका छन् ।